Rule 5
बढुवाको सूचना प्रकाशन
(१) आयोगले सेवासँग सम्बन्धित कानून बमोजिम सेवाका राजपत्रांकित प्रथम र द्वितीय श्रेणीको पदमा जेष्ठता तथा कार्यसम्पादन मुल्यांकन र कार्यक्षमताको आधारमा हुने बढुवाको लागि सूचना प्रकाशन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्रकाशन गर्दा बढुवा गरिने पद, श्रेणी वा तह, संख्या, सेवा, समूह, उपसमूह, उम्मेदवार हुन आवश्यक पर्ने सेवा अवधि, न्यूनतम शैक्षिक योग्यता, दरखास्त बुझाउने म्याद र स्थान तथा आयोगले तोकेको अन्य आवश्यक विवरण समेत खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्रकाशित सूचनामा उल्लेख भए बमोजिमको विवरण संलग्न गरी आयोगले निर्धारण गरेको तरिका बमोजिम सम्भाव्य उम्मेदवारहरूले दरखास्त फाराम बुझाउनु पर्नेछ ।
(४) बढुवा सम्बन्धी दरखास्त फारामको ढाँचा र दस्तुर आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।